सात वर्ष जेल बसेपछि निर्दोष ठहरिए सन्तकुमार

टीकापुर घटनामा संलग्न भएको आरोपमा सन्तकुमार चौधरी २०७३ वैशाखमा पक्राउ परेका थिए । कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएपछि उनी निरन्तर थुनामा थिए । सर्वोच्च अदालतले भने मंगलबार उनलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दियो ।

सम्बन्धित सामग्री

अमेरिकामा ४८ वर्ष जेल बसेका व्यक्ति निर्दोष ठहर

५ पुस, काठमाडौं ।  अमेरिकाको ओक्लाहोमा राज्यका एक न्यायाधीशले ४८ वर्ष जेलमा रहेका एक व्यक्ति निर्दोष रहेको फैसला सुनाएका छन् । अदालतबाट निर्दोष ठहरिने ती व्यक्ति ७० वर्षका ग्लिन सिमोन्स हुन् । ओक्लाहोमा काउन्टी डिस्ट्रिक्ट न्यायाधीश एमी पालुम्बोले उनी निर्दोष रहेको फैसला सुनाएका हुन् । ती न्यायाधीशले जुलाईमा सिमोन्सलाई रिहा गर्न आदेश दिएका थिए र […]

अमेरिकामा ३८ वर्ष जेल बसेपछि निर्दोष ठहर भए मोरिस

अमेरिकामा ३८ बर्ष जेलमा बसिसकेपछि एक व्यक्ति निर्दोष सावित भएपछि जेलबाट रिहा गरिएको छ । डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएका हुन् । सन् १९८३मा भएको एक हत्या आरोपमा मोरिस हेस्टिङ्सले ३८ वर्ष कारागारमा बिताएका थिए । उनीमाथि क्यालिफोर्नियामा रोबेर्टा वाइडमायरको हत्या गरेको र अन्य दुई हत्या प्रयासमा संलग्न भएको आरोप लगाइएको थियो । […]

मलेसियाका पूर्व प्रधानमन्त्रीले सुरु गरे जेल सजाय

सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पुरा गर्न जेल पठाइएको छ । राज्यद्वारा सञ्चालित वान मलेसिया डेभेलप्मेन्ट बरहार्ड (वानएमडीबी) मा ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।उनलाई सन् २०२० को जुलाईमा नै सजाय सुनाइए पनि उनी धरौटीमा जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई पनि खारेज गरेको छ । उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । अदालतले भने उनलाई

जेल परेको ३२ वर्षपछि निर्दोष साबित

क्यालिफोर्नियाका एक व्यक्तिले करिब तीन दशकपछि न्याय पाएका छन्। आफूले नगरेको हत्याको लागि तीन दशकभन्दा बढी समय उनले जेलमा बिताए। सोमबार उनी निर्दोष सावित भएलगत्तै उनको रिहाइको बाटो खुला भएको हो। हाल ६१ वर्षका पुगेका वाकिन सिरियालाई सन् १९९० मा गिरफ्तार गरिएको थियो। ‘झुटा साक्षीको गवाही र पुलिस दुर्व्यवहारको आधारमा सान फ्रान्सिस्कोमा गोली प्रहारबाट भएको […]

भारतमा ४१ वर्ष जेल बसेका दीपक जोशीलाई ५ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

भारतमा ४१ वर्ष जेल सजाय भोग्य बाध्य नेपाली दीपक जोशीलाई त्यहाँको अदालतले ५ लाख भारु (नेपाली ८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । दीपक सन् १९८० मा पक्राउ परेका थिए भने गतवर्षको चैतमात्रै कोलकाता हाइकोर्टले निर्दोष सावित गरेपछि रिहा भएका थिए ।  अहिले फेरि कोलकाता अदालतले इलाम स्थायी ठेगाना भएका जोशीलाई सो क्षतिपूर्ति भराउन आदेश दिएको कोलकातास्थित नेपाली महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।  प्रधानन्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षि भारद्वाजको संयुक्त इजलासले सो आदेश दिएको हो ।  आदेशमा...

सेप्टेम्बर ११ पछि १५ वर्षसम्म जेल परेका एक निर्दोष मुसलमानको कथा

उत्तरी इराकस्थित कुर्दिस क्षेत्र चम्मचमालका यासिन एम अरेफलाई सेप्टेम्बर ११ ले आफ्नो १५ वर्षे जेल जीवन सम्झाउँछ । ११, सेप्टेम्बर २००१ को हमलापछि अमेरिकामा बढेको ईस्लामफोबियाको शिकार भएर उनले आफ्नो जवानी जेलमा बिताउनुपरेको थियो । ५१ वर्षीया अरेफ कुनै समय अमेरिकाको न्युयोर्क राज्यस्थित अल्बानेमा रहेको मस्जिद अल सलेममा इमाम थिए । एफबीआईले ‘ स्टिङ अपरेशन’ का क्रममा ‘षडयन्त्रपूर्वक’ आरोप लगाएका उनलाई २००४ मा पक्राउ गरियो । गोप्य सूचनामार्फत उनले आतङ्कवादलाई सहयोग गरिर

हतियार चोरी आरोपमा जेल परेका सेनाका दुई जवान निर्दोष ठहरपछि रिहा

काठमाडौँ– सेनाको हतियार चोरी प्रकरणमा जेलमा रहेका दुईजना निर्दोष ठहर भएपछि शुक्रबार रिहा भएका छन् । सेनाका अमल्दार लवकुमार गुरूङ र सरोज तामाङमाथि सेनाको एसएमजी हतियार चोरीमा कोर्ट मार्शल गरिएको थियो । उनीहरु निर्दोष रहेको सेनाको विशेष अदालतले फैसला गरेको थियो । गत साउन ७ गते चितवनमा सेनाकै जवान गंगाधर ढकालले सहकर्मी भरत गुरुङको हत्या […]

एसएमजी चोरी प्रकरण : अनाहकमा साढे २ वर्ष जेल सजाय भाेगेका २ सैनिक छुटे

चितवन : नेपाली सेनाको कालीबहादुर गण भरतपुरबाट एमएमजी (सर्ट मेशिनगन) चोरी प्रकरणमा जेल जीवन विताइरहेका निर्दोष दुई सैनिक भरतपुर कारागारबाट छुटेका छन्।सैनिक अदालतको कमजोरीका कारण चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको हो।उनीहरूलाई भरतपुर कारागार प्रशासनले कालिबहादुर गणको जिम्मा लगाएको छ। संगठनको आन्तरिक मर

हतियार चोरीको मुद्दाका २ सैनिक निर्दोष ठहर

काठमाडौँ । हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएसँगै रिहा भएका छन् । पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो। निर्दोष ठहर गरिए पनि दुवै जनालाई ३ वर्षका लागि पदोन्नति(बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको […]