सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पुरा गर्न जेल पठाइएको छ । राज्यद्वारा सञ्चालित वान मलेसिया डेभेलप्मेन्ट बरहार्ड (वानएमडीबी) मा ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।उनलाई सन् २०२० को जुलाईमा नै सजाय सुनाइए पनि उनी धरौटीमा जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई पनि खारेज गरेको छ । उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । अदालतले भने उनलाई