चितवन : नेपाली सेनाको कालीबहादुर गण भरतपुरबाट एमएमजी (सर्ट मेशिनगन) चोरी प्रकरणमा जेल जीवन विताइरहेका निर्दोष दुई सैनिक भरतपुर कारागारबाट छुटेका छन्।सैनिक अदालतको कमजोरीका कारण चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका हुन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष ठहर गरेको हो।उनीहरूलाई भरतपुर कारागार प्रशासनले कालिबहादुर गणको जिम्मा लगाएको छ। संगठनको आन्तरिक मर