भारतमा ४१ वर्ष जेल सजाय भोग्य बाध्य नेपाली दीपक जोशीलाई त्यहाँको अदालतले ५ लाख भारु (नेपाली ८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । दीपक सन् १९८० मा पक्राउ परेका थिए भने गतवर्षको चैतमात्रै कोलकाता हाइकोर्टले निर्दोष सावित गरेपछि रिहा भएका थिए ।
अहिले फेरि कोलकाता अदालतले इलाम स्थायी ठेगाना भएका जोशीलाई सो क्षतिपूर्ति भराउन आदेश दिएको कोलकातास्थित नेपाली महाबाणिज्य दूतावासले जानकारी दिएको छ ।
प्रधानन्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षि भारद्वाजको संयुक्त इजलासले सो आदेश दिएको हो । आदेशमा...