स्थानीय तहको निर्वाचनमा रसुवाका उम्मेदवारविरुद्ध परेका सबै उजुरी रद्द भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार छानबिन पश्चात उजुरी रद्द गरिएको हो । जिल्लामा मनोनयन दर्ता गरेका ८ जनाविरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति साद लुइटेलका अनुसार एमालेका उम्मेदवारविरुद्ध कांग्रेस र नेक