बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ जना उम्मेदवारविरुद्ध उजुरी परेको हो।जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी ७ उम्मेदवारविरुद्ध उजुरी परेको छ। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध २ जनाले उजुरी दिएको हो। भण्डारी लेखापरीक्षकका रुपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन