रसुवा– आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठ जना विरुद्ध उजुरी परेको छ । आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला सदस्यविरुद्ध एक र गोसाइँकुण्डमा वडाध्यक्षविरुद्ध एउटा उजुरी दर्ता भएको हो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमाले उम्मेदवारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रका […]