आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।यसरी उजुरी पर्ने समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि सरकारी लाभको पदमा बसेर बन्दसूचीमा रहेका अन्य उम्मेदवार समेत रहेका छन् । कतिपय उम्मेदवारले आफैले पनि आफू जुन विषय अन्तर्गतको बन्दसूचीमा हुनुपथ्र्यो त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भ