दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ ।  यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी गराएको छ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी

सम्बन्धित सामग्री

दाङका चार वटा मतदान केन्द्र महिला कर्मचारीकाे जिम्मामा

दाङ - आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि  सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराह...

धमाधम बन्न थाले मतदान केन्द्र (तस्बिरहरु)

दाङ – दाङका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन उनीहरु जुटेका हुन्। लमही नगरपालिका–६ दुमदुमा प्राथमिक विद्यालयभित्र चार वटा मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा ३ हजार ९ सय ५९ मतदाता छन्। मतदातालाई लाइन बस्न सजिलोको लागि बाँस गाडेर डोरीले […]

बसको छतमा चढेर सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्र प्रस्थान

दाङमा निर्वाचनका लागि सम्पूर्ण सामाग्रिसहित सुरक्षाकर्मी र कर्मचारीहरु सोमवार मतदान केन्द्र प्रस्थान गरेका छन्। मतदान अधिकृत सहितका कर्मचारीहरु मतपत्र र निर्वाचनका अन्य ६४ प्रकारका सामाग्रिहरु सहित चुनाव गराउन सम्वन्धित मतदात केन्द्रमा प्रस्थान गरेको दाङका सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले जानकारी दिए। अति सम्बेदनशिल क्षेत्रका मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक र सम्बेदनशिल तथा सामान्य मतदान केन्द्रमा…