काठमाडौं । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री रोक्न बजार अनुगमन गरेको छ । पोखरा महानगरपालिका र उपभोक्ता हित संरक्षण समितिले पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको थियो […]