प्लाष्टिकजन्य फूलको बिक्री वितरणमा रोक

काठमाडौं : वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्री वितरणमा रोक लगाएको हो। बिहीवार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए।उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूल

सम्बन्धित सामग्री

काठमाडौं महानगरभित्र प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ४६ स्थानमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । महानगर प्रमुख बालेन्द्र शाहले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको बताए । उनले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो । स्वदेशी फूल उत्पादनका लागि […]

धनगढीमा प्लास्टिकका मालामा प्रतिबन्ध, २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

कैलाली । धनगढी उपमहानगर पालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला आयात र बिक्री वितरणमा रोक लगाएको छ । भारतबाट करोडौँमा आयात हुने प्लास्टिकका कृत्रिम फूल मालामा प्रतिबन्ध गरेर पालिकाले स्थानीय किसानले उत्पादन गरेको सयपत्री, मखमली लगायत फूलको प्रवर्द्धन तथा सहज रुपमा खरिद बिक्री गर्न फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले अहिले २ स्थानमा फूल […]

शारदा नगरमा प्लास्टिकका फूलमाला बेच्न नपाइने

सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलग

शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोकिने

काठमाडौं।वातावरण विभागले शुक्रबार ९भोलि०देखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ।तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको आयात,बिक्री वितरणमा रोक लगाएको हो।विभागका महानिर्देशक नारायण घिमिरेले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराएको बताएका छन्।

प्लाष्टिकजन्य फूलको बिक्री वितरणमा कडाइ, शनिबारदेखि अनुगमन हुने

वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न अनुगमन गर्ने भएको छ। तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्री वितरणमा रोक...