तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको ति

सम्बन्धित सामग्री

फूल फुले, तर किसानको मन फुलेन

उपत्यकाकै किसानका सयपत्रीले पाएन बजार, सरकारले भारतीय फूल आयात रोक्ने घोषणा गरे पनि कार्यान्वयन नगरेको आरोप  भक्तपुर कमलविनायकका खेम निरौलाले तिहारलाई लक्षित गर्दै करिब चार रोपनीमा सयपत्री फूल रोपेका थिए । उनले...

बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा, १५ कात्तिक । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक पूmलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र […]

उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरू गरिएको छ । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नं १ स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् सात रोपनी जमिनमा सयपत्री फूलखेती शुरू गरिएको छ । त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, “दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर एक सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ ।” आगामी तिहारलाई लक्ष्य गरी फूलखेती शुरू गरिएको उनको भनाइ थियो । यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको उनले बताए । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने, “फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ । आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्‍याउँछ ।”      यहाँ शुरू गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन्। उनले भनिन्, “आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन् । फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।” आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती शुरू गरिएको जानकारी दिए। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो । त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं ।” गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई आठ हजार चार सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ थियो। उनले भने, “फूलखेतीबाट महिलाले आम्दानी पनि गर्न सक्ने र यसले गाउँपालिकालाई पनि फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।”

तिहारमा भारतीय फूलकै आयात बढी

काठमाडौं । तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारमा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको छ । बजारमा नेपाली भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणको गुनासो छ । घरका झ्याल, ढोका पसल सजाउन प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरुमा भन्दा […]

रोकिएन फूलको आयात, बजारमा प्रशस्त भारतीय फूल

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध भए पनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ। तिहारको पूर्वसन्ध्यामा काठमाडौँका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो। बजारमा नेपाली फूलहको मूल्यभन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणहरुले गुनासो गरेका छन्। घरका झ्याल, ढोका, पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री […]

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल […]

तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे

ललितपुर – सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसाेसिएशन नेपालले बताएको छ ।  आज बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएकाे १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसाेसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहा...

चितवनको सयपत्री फूल : उत्पादनभन्दा माग दोब्बर (फोटो फिचर)

कात्तिक १५, चितवन । तिहार नजिकिँदै गर्द चितवनमा सयपत्री फूलको माग बढ्दै गएको छ । गत वर्ष कोरोना प्रभाव भएपनि यसपटक मौसम अनुकुल हुँदा फूलको उत्पादन पनि बढेको छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको हो । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढ्दै गएको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ विघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ हाल उनको बारीमा एक विघामा लगाइएको सयपत्री फूल विक्रीका लागि तयारीमा छन् भने बाँकी १५ कठ्ठामा लगाइएको फूलपनि कोपिला लागिरहेको छ । ‘मेरो अहिले दैनिक ५०० ओटा फूलको माला विक्री भएको छ । माग त दोब्बर छ तर पुर्‍याउन सकेको छैन ।’ बास्तोलाले भने ।   सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र विक्री गर्न व्यस्त छन् । ‘अहिले उत्पादन पनि राम्रो भयो । विक्री पनि भ्याईनभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उनले भने । कोरोना कहरसँगै विवाह, ब्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भइरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भईरहेको उनको भनाइ छ । फूलखेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यस वर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । भरतपुर वडा नम्बर २६ का फूल किसान  दिपक पाख्रिनले भने, केही तयार हुँदैछन् केही विक्री गर्दैछु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले हप्तामा काठमाडौंमा मात्रै झण्डै दुईहजार माला फूल विक्री गर्दै आएको सुनाए । उनका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको विरुवा जिल्लाका विभिन्न ठाउँमा विक्री गरेकोले किसान र फूलखेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेको हो । गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुंँदा फूल बारीमै सुकेपनि यसवर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउँछन् । ‘अहिले क्षेत्रफलसँगै किसान पनि दोब्बर बढेको छ, मागपनि दोब्बर छ ।’ घलेले भने । उनका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूलखेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको संख्या ५० को हाराहारी र फूलेखेतीको क्षेत्रफल पनि ४० विघाको हाराहारीमा छ । उत्पादन बढेपनि चितवनको उत्पादनले चितवनलाई नै नपुग्ने उनले बताए । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भने । बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उनको भनाइ छ । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाइएको छ जुन पहेंलो रङको रहेको र हल्याण्डबाट ल्याइएको बीउ गाढा पहेंलो र थुंगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उनले जानकारी दिए । ‘चितवनमा पछिल्ला वर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उनले भने ।

सयपत्री फूलको आयात १५ प्रतिशतले बढ्ने

काठमाडौँ । यस वर्ष नेपालमा सयपत्री फूलको आयात बढ्ने भएको छ। विगतका वर्षहरुमा कुल खपतको १० प्रतिशत सयपत्री फूल भारतबाट आयात हुने गरेकोमा यो वर्ष बढेर १५ प्रतिशत आयात हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। केही दिन अघिको बेमौसमी भारी वर्षाले पनि फूल खेतीमा क्षति भएकोले आयात बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। […]

डेढ करोडका फूल आयात

तिहारका लागि मात्र भारताट डेढ करोडभन्दा बढी मूल्यबराबरको सयपत्री फूल आयात भएको यहाँका व्यवसायीले बताएका छन । बाढीका कारण भारतमै फूलको मूल्य बढेकाले यहाँ पनि यसपालि सयपत्री माला महँगो पर्ने उनीहरूको भनाइ छ ।