काठमाण्डौ – बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि बन्द भएको विद्युत् आपूर्ति अहिले सञ्चालनमा आएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले मर्मत गरेपछि सबै पालिकामा नियमित बिजुली आपूर्ति भएको हो । बाग्लुङ–गल्कोट–बुर्तिवाङ्ग ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको थियो ।
बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गलकाेट नगरपालिकासहित ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भ...