सर्वोच्च अदालतले गरेको आरक्षणसम्बन्धी फैसला यतिबेला बहसमा छ । फैसलाको समर्थन र आलोचनामा विभिन्न टिप्पणीहरू भइरहेका छन् । सर्वोच्च अदालतले नयाँ वर्ग विश्लेषण गर्दै उच्च वर्ग र तरमारा मध्यम वर्गलाई आरक्षण प्रदान गर्न नहुने भनेको छ ।यसै क्रममा हामीले फैसलाबारे पूर्व मुख्यसचिव विमल कोइराला र सामाजिक अभियन्ता एवं मानवअधिकारकर्मी मोहना अन्सारीको विचार बुझ्ने प्रयास गरेका छौं ।आरक्षणको सम्बन्धमा नयाँ नीति बनाएर कार्यान्वयनमा ल्याउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको भए पनि त्यसलाई कार्यन्वयन गर्