काठमाडौंमा अनशनरत बाँकेकी महिला अधिकारकर्मी रुबि खानले अनशन तोडेकी छन् ।
सरकारले नेपालगन्जमा भएका दुई महिलाको रहस्यमयी हत्या छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि उनले अनशन तोडेकी हुन् ।
रुबीलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका थिए ।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरेका हुन् ।
समितिमा नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनि...