केही साता अगाडि संयुक्त राज्य अमेरिकाको संसद्मा सत्तारूढ डेमोक्रेट पार्टी तथा विपक्षी रिपब्लिकन पार्टीका सांसदबीच घोचपेच चल्यो । फ्लोरिडा राज्यबाट जितेका रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले अमेरिकी सरकारले नेपालमा कुनै धार्मिक आस्था नराख्ने व्यक्तिहरूका लागि ५ लाख अमेरिकी डलर खर्च गरेको आरोप लगाए ।