सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

जुम्ला : हिमा गाउँपालिकाको वडा नम्बर ६ मा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला  लगाएको कांग्रेसले वडा समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६  वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थ

सम्बन्धित सामग्री

विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

माेरङ – योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न माग गर्दै विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निकट अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघ, मूल इकाइ समितिद्वारा आयोजित विरोधका क्रममा आयोजनाले अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समावेश गरिनुपर्ने माग गरिएको छ। […]

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रुपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाब

महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

१५ मंसिर, दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही […]

वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।जनताको प्रतिनिधिल

रुकुम पश्चिम : कार्यालय सहयाेगी स्थानीय हुनुपर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी

रुकुम पश्चिम - कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताउनुभयो ।  स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिनुभयो ।   विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । च...

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको  उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।नगर कार्यपालिका सदस्यका लागि आयोगले  दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका

एमसीसीको विद्युत प्रशारण लाइनको विरोध, वडा कार्यालयमा तालाबन्दी

एमसीसी परियोजना सञ्चालन हुने स्थान काठमाडौको शंखरापुर नगरपालिका वडा ३ लप्सेफेदीका प्रभावित बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले मुआब्जा सट्टामा लालपूर्जाको माग, बस्ती बीचमा विद्युत प्रशारण लाइन तथा सबस्टेशन निर्माण रोक्न माग गर्दै २ दिन वडा कार्यालयमा तालाबन्दी गरेका छन् । एक साता वडा कार्यालय तालाबन्दी घोषणा गरेर आइतबार र सोमबार तालाबन्दी गरेका उनीहरुले नगरपालिकामा समस्या समाधानका लागि वार्ता गर्ने भनेपछि मंगलबारदेखि तालाबन्दीको कार्यक्रम केही समयमा लागि स्थगित गरेका जनाएका छन् । अपर

पुराना कर्मचारीबाट जनकपुरधामस्थित रेल्वे स्टेशन कार्यालयमा तालाबन्दी

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा तालाबन्दी गरेका छन् । पुरानो रेल्वे कर्मचारी संघर्ष समितिको नेतृत्वमा पुराना कर्मचारीहरूले शुक्रबार कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरेका हुन् । आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै […]

तलब वृद्धिको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी

बैतडी : तलब वृद्धिको माग राख्दै बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले  पाटन नगरपालिकामा तालाबन्दी गरेका छन्।संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा सात हजार रुपैयाँ स्थानीय सरकारले थप्नुपर्ने उल्लेख गरे पनि नगरपालिकाले कार्यान्वयन नगरेकाले तालाबन्दी गरेको उनीहरूले बताएका छन्।बालविकास सहजकर्ता अनिता महराका अनुसार सुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरे पनि पछि काटिएकाले तालाबन्दी गर्नु परेको बताए। माग पूर

चुनाव सार्न माग गर्दै उदयपुर पत्रकार महासंघ कार्यालयमा तालाबन्दी

उदयपुर : पत्रकार महासंघ शाखा कार्यालय उदयपुरमा निर्वाचनको मिति सार्न माग गर्दै पत्रकारहरूले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन्।यही चैत्र २५ गते देश भर एकसाथ हुन लागिरहेको पत्रकार महासंघको निर्वाचनमा उदयपुर शाखाले बद्री प्रसाद काफ्लेको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो।निर्वाचन समितिकै संयोजक बद्री प्रसाद काफ्ले स्वयंले निर्वाचनको मर्यादाविपरीत कुनै अमुक संगठनको समीकरणमा हस्ताक्षर गरी महासंघभित्रको राजनीतिक प्रक्रियामा संलग्न भएको भन्दै संयोजक काफ्लेलाई निर्वाचन अधिकृतबाट