रुकुम पश्चिम - कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताउनुभयो ।
स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिनुभयो ।
विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । च...