रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।नगर कार्यपालिका सदस्यका लागि आयोगले दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका