आगामी नोभेम्बर महिनामा जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन बेलायतमा हुँदैछ, जहाँ २ सय भन्दा धेरै मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् । उक्त सम्मेलनमा पृथ्वीमा उष्णीकरण गराउने हरितगृह ग्यासको उत्सर्जन कसरी तीव्र गतिमा घटाउने भन्ने विषयमा चर्चा हुनेछ । धेरै देशहरु कैयन् प्रयासका बाबजुद पनि जलवायु परिवर्तनका लागि जिम्मेवार हानिकारक ग्यासहरुको उत्पादन कटौती गर्न सकिरहेका छैनन् […]