परमाणु युद्धको खतरा

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत पनि हो । रुसले ४ चैत्रमा पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युद्धक विमानबाट प्रहार गरिएको मिसाइल परमाणु बम बोक्नसक्ने खालको हो । […]

सम्बन्धित सामग्री

विश्वमा परमाणु आक्रमणको खतरा कति छ ?

गत जून महिनामा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले परमाणु हतियारहरुको पहिलो खेप बेलारुसमा तैनाथ गर्नका लागि पठाइएको घोषणा गरे । युक्रेन युद्धको सुरुवातदेखि नै पुटिनले परमाणु हतियारहरुको प्रयोग गर्ने धम्की दिइरहेका थिए । तर बेलारुसमा परमाणु हतियारको तैनाथी यस दिशामा पहिलो कदम मानिएको छ । ती परमाणु हतियार बेलारुसमा युक्रेनको सीमाक्षेत्रमा तैनाथ गरिँदैछ जहाँबाट नेटोका सदस्यहरु […]

युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्दैनौं : पुटिन

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा परमाणु युद्धको खतरा बढेको बताएका छन्।  युक्रेनमाथि आक्रमण सुरु गरेको झण्डै एक वर्ष पुग्न लाग्दा राष्ट्रपति पुटिनले विश्व परमाणु आक्रमणतर्फ उन्मुख भएको जिकिर गरेका छन्।  उनले युक्रेनमाथि रुसले परमाणु आक्रमण भने नगर्ने जिकिर गरेका छन्। रुसी मानवअधिकार परिषदको वार्षिक बैकठमा पुटिनले युक्रेनविरुद्धको आक्रमण तत्काल सकिने सम्भावना नभएको समेत बताए। उनले भने, ‘परमाणु आक्रमणको सम्भावना बढ्दै गएको छ, यसलाई ढाकछोप गर्न गाह्रो छ, तर ह

के रुस परमाणु युद्धको तयारी गरिरहेको छ ?

रुसको विदेशी र सुरक्षा मामिला परिषद्‌का सदस्य दिमित्री सुसलोभले भने, ‘रुसलाई परमाणु हतियार प्रयोगको खतरा छ । तर, युक्रेनविरुद्ध नभएर पश्चिमी देशविरुद्ध ।’

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण, परमाणु हतियारको खतरा बढ्यो

उत्तर कोरियाले आफूले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको बताउँदै आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।विशेषज्ञका अनुसार यो नयाँ प्रकारको मिसाइल साना परमाणु हतियार लैजान सक्षम छन् र यसले उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरिसकेको  देखाउँछ ।दक्षिण कोरियाली सेनाले शनिबार राती उत्तर कोरियाको तर्फबाट समुद्रमा दुई मिसाइल दागेको पुष्टि गरेका छन् ।शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल–संगको जयन्तीको मौकामा यस्तो गरिएको हुनसक्ने अनुमान गरिएक

‘पाकिस्तान सबैभन्दा परमाणु असुरक्षित देश’ रहेको रिपोर्ट

एजेन्सी, १३ चैत्र । पाकिस्तान परमाणु हतियार रहेको एकमात्र मुस्लिम देश हो । तर, पाकिस्तानको परमाणु अस्त्र सुरक्षित नरहेको र आतंकवादी घोषित संगठनको हातमा पुग्नसक्ने खतरा औल्याइएको छ । जियोपोलिटिकाको रिपोर्टले पाकिस्तानलाई परमाणु असुरक्षित देश भनिएको छ जसले विश्वकै सुरक्षामा खतरा ल्याउन सक्छ । पाकिस्तानमा निरन्तरको आतंकवादी गतिविधि, राजनीतिक अस्थिरता र बढ्दो उग्रवादका कारण यस्तो […]

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो

एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् । लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे । यसअघि रुसी राष्ट्रपति […]

युक्रेन र रुसको लडाईँमा परमाणु हमलाको खतरा कति ?

युक्रेनमा जारी हमलाका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई ‘स्पेशल अलर्ट’ मा राख्ने आदेश दिएका छन् जसमा परमाणु हतियार पनि समावेश छ । तर यसको वास्तविक अर्थ के हो ?पश्चिमका विशेषज्ञले यसबारे अहिले नै स्पष्ट भइनसकेको बताएका छन् । बेलायती अधिकारीका अनुसार पुटिनले जुन भाषाको प्रयोग गरेका छन्, त्यसबारे केही स्पष्ट जानकारी हासिल हुन सकेको छैन ।कसै–कसैले पुटिनले सतर्कताको तल्लो तहबाट अघि बढ्न आदेश दिइरहेको बताएका छन् । यद्यपि, यो पक्का गरी भन्न

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]

चीनको परमाणु हतियारलाई लिएर अमेरिका चिन्तित

बीबीसी। चीनले तिव्र गतिमा परमाणु हतियारको क्षमता विकास गरेकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले हतियारको दौडका कारण विश्वमा अस्थिरता बढ्ने खतरा हुने र हतियार कम गर्न चीन संवादमा बस्नुपर्ने बताए। हालै वाशिङ्टन पोष्टले एक समाचारमा चीनले उत्तर–पश्चिम सहर युमेन नजिक एक मरुभूमीमा परमाणु मिसाइल राख्न सयभन्दा बढी गोदाम निर्माण गरेको उल्लेख गरेको थियो।

जापानको परमाणु रियाक्टर रहेको क्षेत्रमा शक्तिशाली भूकम्प

जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाणु रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो ।जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो ।भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने प