युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी बलले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा हमला गरेको जानकारी दिएका छन् ।उनले संसारभरीका देशसँग मद्दतको अपिल गरेका छन् । ट्वीटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट खतरामा भएको बताएका छन् ।जेलेन्स्कीले रुसी बलले जानीजानी परमाणु पावर प्लान्टलाई निशाना बनाइरहेको बताए । उनले सन् १९८६ मा चेर्नोबिल परमाणु दुर्घटनालाई उद्धृत गर्दै जेपोरजियाको ६ रियाक्टरमा कुनै दुर्घटना भए यसको नतिजा भयानक हुने बताएका