पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।
मुलुकभर १० हजार ६६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको ...