कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन भने माओवादीले कायमै राखेको छ । ‘हामीले सरकार मात्रै छाडेका हौं’, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘एमालेलाई दिएको समर्थन फिर्ता लिएका छैनौं ।’