असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।
अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् ।
इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडे...