केही मानिस सन्तानको मुख हेर्न कुनै पनि मूल्य चुकाउन तयार हुन्छन् तर कतिले भने आफ्नै सन्तानलाई छोडेका हुन्छन् । श्रीमतीले पाँचौँ पटक पनि जुम्ल्याहा सन्तान जन्माएको भन्दै युगान्डामका एक व्यक्तिले घर छोडेका छन् ।नालोङ्गो ग्लोरियाले गर्भवती हुन कहिल्यै आइभीएफ उपचार पद्धति अपनाउनु परेन तर उनले जुम्ल्याहा सन्तान जन्माउन भने आफूलाई रोक्न सकिनन् । युगान्डाकी यी महिलाले हालै आफ्नो नवौँ र दशौँ सन्तान जन्माएकी छिन् । उनीहरुको जन्मपछि यी महिलाका श्रीमान् सालोङ्गो पोको पुन्तुरो बनाएर घरबाट निस्किएका छन् । सा