बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफूहरूको सेवासुविधा प्रभावित भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नयाँ आर्थिक वर्ष २०७९/८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका हुन्।