डोल्पाको मुड्केचुला गाउँपालिकामा तालाबन्दी

जाजरकोट : डोल्पाको मुड्केचुला गाउँपालिकाका युवाहरुले पालिकामा तालाबन्दी गरेका छन्। युवाहरुले बिभिन्न माग राखेर तालाबन्दी गरेका हुन्।चार वर्षको अवधिमा आठ जना प्रमुख प्रशासकीय अधिकृत बदलेको, सवै वडामा वडा सचिवको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर युवाहरुले तालाबन्दी गरेका छन्। नौ वटा वडा रहेको मुड्केचुलाका कुनै पनि वडामा सचिव छैनन्।करारका कर्मचारीबाट कार्यालय सञ्चालन भइरहेको छ। नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले करारका कर्मचारीलाई हटाउने धम्की दिएपछि कार्यालयको काम प्रभावित भएको छ।गाउँपाल