उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने १९ सय ९२ वटा सवारी होल्डमा

काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९९२ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामा १ हजार ३०५ वटा दुई पाङग्रे, ४३५ वटा चार पाङ्ग्रे, ९२ वटा ट्याक्सी र १६० वटा अन्य ठूला सवारी साधन रहेका छन्। निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र पास भएका बाहेकका सवारी साधनको आवागमनमा निषेध गरिएको छ।

सम्बन्धित सामग्री

सरकारी निर्णयको अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौं : यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन्। सरकारको नीति र निर्णयमाथि विभिन्न ध्यानाकर्षण  जनाउँदै व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।काठमाडौं उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न थालियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ ।संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई...

निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने दुई हजारभन्दा धेरै गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरीले बिहीवार निषेधाज्ञा नटेर्ने दुई हजार ३९ गाडी नियन्त्रणमा लिइएको जनाएको छ । दुई पाङ्ग्रे एक हजार चार सय ८८ वटा र चार पाङ्ग्रे पाँच सय ५१ वटा गाडीलाई नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ । सरकारले तोकेका मापदण्ड बाहिरका गाडी नचलाउन पनि प्रहरीले आग्रह गरेको छ ।