कार्यकाल शुरू गर्दै गरेका बाइडनमाथि महाअभियोगको प्रस्ताव ल्याइन् एक सांसदले

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीकी एक सांसदले राष्ट्रपति जो बाइडनविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएकी छन् ।    जर्जियाबाट सांसद बनेकी मार्जोरी टेलर ग्रीनले बाइडन पद सम्हाल्न अयोग्य रहेको र उनले बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति छँदा शक्तिको दुरुपयोग गरेको लामो सिलसिला रहेको आरोप लगाएकी छन् । युक्रेन सरकारलाई बाइडनले धम्की दिएको र छोरो हन्टर बाइडनले विदेशमा गलत व्यवसाय गरेको उदाहरण ग्रीनले दिएकी छन् ।  बिहीवार एक बयान जारी गर्दै ग्रीनले छोरोलाई उन्मुक्ति दिन बाइ...

सम्बन्धित सामग्री

संसद् शुरू हुनासाथ एमालेको अवरोध (लाइभ)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ आज पनि अवरोध गरेको छ । सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेका हुन् । नेकपा (एमाले) ले आफ्नो पार्टीले […]

संसद बैठक शुरू भएसँगै एमाले सांसदले गरे नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।  एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।  एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।

एमाले सांसदले वेल घेरेपछि बढाइयो सभामुखको सुरक्षा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेको छ ।  राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध तथा माधव नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो ।  बुधवार शुरू भएको प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा सभामुखसँग समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले विभाजनमा सभामुखले मतियारको भूमिका निर्वाह गरेको आरोप लगाए ।  त्यसपछि सभामुख सापकोटाले सर्वोच्चमा विचाराधीन विषयमा सदनमा छलफल नहुने भन्दै स...

संसद्‍मा खेल्ने भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक शुरू

संसद्‍ अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ ।  संसद्‍ भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बुधवार संसदीय दलको बैठक शुरू भएको हो । आज शुरू हुने संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिइने एक सांसदले जानकारी दिए ।  पार्टीले कारवाही सिफारिश गरेका माधव नेपालसहित १४ सांसदमाथि कारवाही सदर नगरेको भन्दै सभामुख अग्नि सापकोटाप्रति नेकपा एमाले रुष्ट छ । सभामुखको भूमिकालाई लिएर सदनमा सशक्त प्रतिवाद गर्ने एमालेले निर्णय गरेको थियो ।&nb...

आर्मेनियाको संसदमा हंगामा, सांसदले हिर्काए एकअर्कालाई (भिडियो)

आर्मेनियाको संसदमा बुधवार ठूलो हंगामा भएको छ ।  सदनको सत्र चलिरहेको बेलामा सांसदहरूले एकअर्कालाई लात हानेको अनि विभिन्न वस्तु प्रहार गरेको भिडियो सार्वजनिक भएको छ ।  सत्तारूढ दलका सांसदहरूले एक विपक्षी सांसदलाई नराम्ररी कुटपिट गरेपछि झगडा शुरू भएको हो । विपक्षी सांसदहरूले सत्तारूढ दल सिभिल पार्टीका सांसदमाथि बोतल प्रहार गरेका थिए ।  झैझगडा बढेपछि सभामुखले बैठक स्थगित गर्दै सुरक्षाकर्मीहरूलाई स्थिति नियन्त्रण गर्न लगाएका थिए ।  कैयौं सांसदलाई सुरक्षाकर्मीहरूले हटाएका थिए ।  ...

एमालेले आज पनि अवरुद्ध गर्‍यो लुम्बिनी प्रदेश सभाको बैठक

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।  सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ ।  भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।

कार्यकक्षमा एमाले सांसदको धर्नापछि सिंहदरवार आएनन् सभामुख सापकोटा

माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेका सांसदले कार्यकक्षमा धर्ना दिएपछि सभामुख अग्नि सापकोटा शुक्रवार सिंहदरबारस्थित कार्यकक्षमा अनुपस्थित भएका छन् ।  संस्थापन पक्षका सांसदले बिहीवार सापकोटालाई भेटेर कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।  शुक्रवार कार्यालय समय शुरू भएलगत्तै एमाले सांसदहरू संसद् सचिवालयस्थित सभामुख सापकोटाको कार्यकक्षमा उपस्थित भएका थिए । लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा लगायत एक दर्जन सांसद सापकोटाको कार्यकक्षमा उपस्थित भएक...

बानेश्वरमा शुरू भयो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।  संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।  संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।  पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...

देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो । यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् । विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ । प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवार तेस्रो दिनको बहस शुरू भएको हो ।  यसअघि गठित इजलासमा जेठ १४ र १६ गते प्रारम्भिक सुनुवाइ भएको थियो ।  १६ गतेको सुनुवाइमा इजलास गठनमै प्रश्न उठेपछि आइतवार इजलास पुनर्गठन गरेर वरिष्ठतम् न्यायाधीश सम्मिलित इजलास गठन गरिएको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी गठबन्धनका १४६ सांसदले एउटा र...