देउवालाई विश्वासको मत दिने निर्णय गर्न शुरू भयो माओवादीको संसदीय दलको बैठक

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेगरी संस्थागत निर्णय लिन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो । यद्यपि मतदानका लागि ह्वीप जारी गर्न भने नमिल्ने फैसला सर्वोच्चले गरिसकेको छ । मत दिने कि नदिने निर्णय लिन सांसदहरू स्वतन्त्र छन् । विश्वासको मत दिनेमा माओवादीमा खासै विमति रहेको छैन । सोही कारण सबै सांसदले मत दिने आंकलन गरिएको छ । प्रतिनिधि सभाको आजै बस्ने दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।

सम्बन्धित सामग्री

जसपाका १९ सांसदले देउवालाई विश्वासको मत दिने निर्णय

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीका संसदीय दलको बैठक दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको थियो। बैठकमा उपस्थित पार्टीका १९ जना सांसदले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।    मिती २०७८।०४।०३ जनता समाजवादी…

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष)को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयनलगायतका अजेन्डामा छलफल केन्द्रित छ ।  बैठकमा २० सांसद सहभागी भएको नेता तथा सांसद इस्तियाक राईले जानकारी दिएका छन् ।  यसअघि उपेन्द्र पक्षसँग १२ सांसद थिए । अहिले महन्थ ठाकुर पक्षका ८ सांसद पनि उपेन्द्र पक्षमा आएको राईको दाबी छ ।

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ  । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष,  राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुल

उपेन्द्र यादव पक्षले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बस्नु अघि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदहरूलाई छलफलका लागि १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोही अन...