प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार दोस्रो दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसद दौडेर वेलमा गएर नाराबाजी शुरू गरेका हुन् ।
एमाले सांसदले नाराबाजी शुरू गरेपछि सभामुख सापकोटाले एमालेले उठाएको प्रश्नको जवाफ दिइसकेकोले बैठक सुचारु गर्न आग्रह गरे ।
एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बुधवार पनि एमालेले लगातार तीनवटा बैठक अवरुद्ध गरेको थियो ।