माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारवाही अगाडि बढाउन माग गर्दै नेकपा एमालेका सांसदले कार्यकक्षमा धर्ना दिएपछि सभामुख अग्नि सापकोटा शुक्रवार सिंहदरबारस्थित कार्यकक्षमा अनुपस्थित भएका छन् ।
संस्थापन पक्षका सांसदले बिहीवार सापकोटालाई भेटेर कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेका थिए ।
शुक्रवार कार्यालय समय शुरू भएलगत्तै एमाले सांसदहरू संसद् सचिवालयस्थित सभामुख सापकोटाको कार्यकक्षमा उपस्थित भएका थिए । लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा लगायत एक दर्जन सांसद सापकोटाको कार्यकक्षमा उपस्थित भएक...