काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर बोक्ने गाडी तोडफोडको घटनाको निन्दा गरेका छन् । सोमबार राती सिस्डोल क्षेत्रमा रहेका फोहोर बोक्ने गाडी तोडफोडको घटनालाई फोहोर व्यवस्थापन गर्न नदिने पछिल्लो चलखेलको रुपमा लिएको उनले बताएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन्–‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने