काठमाडौं : बागमती प्रदेश सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यकताअनुसार नभएको गुनासो गरेका छन्।प्रदेश सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएका हुन्।सत्तापक्ष बाहेकका प्रतिपक्ष र स्वतन्त्र सांसद भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कुनै नयाँ कार्यक्रम र योजना आउन नसकेको बताउँछन्।प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि गत वर्षमा भएका त्रुटि र कमीहरूलाई समेटेर नीति तथ