बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको छ । आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरका