हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १ सय ६६ वटा बुँदामा विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ।सरकारले आगामी आर्थिक वर्षको लागि बनाएको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा रहेका अधिकांश कार्यक्रमहरुलाई निरन्तरता दिएको देखिन्छ।सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक