रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन् ।
नगर क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको थियो । यसअघि हिँडेर तथा अन्य सवारीसाधनमार्फत महंगोमा यात्रा गरिरहेका स्थानीय अहिले सहुलियत भाडादरमा यात्रा गर्दा दंग छन् । नगर बस सञ्चालनपछि यात्रामा निकै सहजता भएको स्थानीय गोविन्द घर्तीले बताए ।