बैतडी सदरमुकाममा नगर बस सञ्चालनको माग

बैतडी : बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा नगर बस सञ्चालन गर्न माग गरिएको छ। बिहीबार नेपाल विद्यार्थी संघले नगरप्रमुख पुष्करराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै नगर बस सञ्चालनको माग गरेकाे हो।नेपाल विद्यार्थी संघ दनपा समन्वय समितिले बुझाएको ज्ञापनपत्रमा  सर्वसाधारण नागरिक समस्यामा परेकाले नगर बस सञ्चालनको माग गरिएको छ। नगर बस सञ्चालन नहुँदा सर्वसाधारण जनता बाध्यतामा परेका उल्लेख गरिएको छ।नगरपालिकाको  पहिलो बजेटबाटै नगर बस सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको नेप