हत्या आरोपमा उदयपुर र कैलालीबाट एकएक जना पक्राउ

काठमाडौं : हत्या आरोपमा उदयपुर र कैलालीमा एक एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका-५ सिसाघारीका ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान पक्राउ गरिएको हो। उनले आफ्नी श्रीमती ३८ वर्षीया नानुमाया दाहाललाई चिर्पटले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। नानुमायाको घटनास्थलमै मृत्यु भएको हो।यस्तै‚ कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा आइतवार राति एक महिला पक्राउ परेकी छन्। मोहन्याल गाउँपालिका-१ राक्साकी ३३ वर्षीया थुमा थापामगरले आफ्ना पति &nbs

सम्बन्धित सामग्री

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा मोरङको सुन्दरहरैँचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।...

श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

हत्या आरोपमा एक जना पक्राउ

२६ फागुन, गोरखा । भतिजाको हत्या आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् । ४६ वर्षका काशीराम कुमालको हत्या आरोपमा उनकै काका ५९ वर्षका पदमबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य विवादमा पदमले भतिजा काशीरामलाई चिर्पटले हिर्काएको खुलेको प्रहरीले जनाएको छ । काशीरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले पदमविरुद्ध जाहेरी […]

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

बालिका हत्या आरोपमा एक पक्राउ

रुकुम पूर्वमा बालिका हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन् । भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिका प्रिया कुँवर सोमबार राति ८ बजे मृतावस्थामा फेला परेकी थिइन् ।उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका एक नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

कृषलाको हत्या आरोपमा दुईजना पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया किशोरी कृषला चौधरीको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जंगलमा कृषलाको शव फेला परेको बाह्र दिनपछि सोमबार दिउँसो उदयपुर प्रहरीले हत्या आरोपमा दुईजनालाई...