धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]