वैशाख १६, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले कम्पनी सचिवमा सुदिप खड्कालाई नियुक्त गरेको छ ।
कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साथै, सोही बैठकले यस अघिका कम्पनी सचिव रमेश अधिकारीको राजिनामा समेत स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।