सिंगटी हाइड्रो इनर्जीको सेयर चैत ६ गतेबाट सर्वसाधारणलाई, २६ लाख ९७ हजार कित्ता छुट्याइयो

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रभावितलाई सेयर जारीपछि आम सर्वसाधारणलाई पनि सेयर जारीगर्ने भएको छ। कम्पनीले चैत ६ गतेबाट

सम्बन्धित सामग्री

सिंगटी हाइड्रो इनर्जीको लिलामी शेयर भर्ने भोलि अन्तिम दिन

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १: १ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा बिक्री हुन बाँकी ४६ लाख ११ हजार ५३५ किक्ता शेयर चैत १२ देखि चैत्र २० गतेसम्म लिलामीबाट बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सिंगटी हाइड्रो इनर्जीको लक इन अवधि चैत २६ गते सकिने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि चैत २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको शेयर र ५८ हजार कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।

हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पर्खिँदै ११ कम्पनी

काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी नै सार्वजनिक निष्कासनका लागि अनुमति दिइरहेको हो । सार्वजनिक निष्कासनमा आउने धितोपत्रमध्ये साधारण शेयर नै बढी रहेको छ । बोर्डले धितोपत्रमा विविधीकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ । धितोपत्र दोस्रो बजार घटिरहेका कारण यतिबेला सार्वजनिक निष्कासनमा आएका साधारण शेयरबाहेक अन्यमा लगानीकर्ताको आकर्षण कम देखिएको छ । यो अवस्थामा बोर्डमा ११ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।  नारायणी डेभलपमेन्ट बैंकसमेत ११ कम्पनी यतिबेला हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसेको अवस्था छ । २६ करोड २४ लाख ६७ हजार चुक्ता पूँजी रहेको नारायणी डेभलपमेन्ट बैंकले २०७९ भदौ ९ गते नै बोर्डमा निवेदन दिएको थियो । हकप्रदका लागि आवेदन दिएका ११ कम्पनीहरूमध्ये नारायणी डेभलपमेन्ट बैंकले नै सबैभन्दा पहिला आवेदन दिएको हो । अझै पनि कम्पनीको हकप्रद शेयर आवेदन प्रक्रिया जवाफ र समीक्षाअन्तर्गत नै रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँ छ । योबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । पछिल्लो व्यवस्था अनुसार जलविद्युत कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने भएसँगै धेरै कम्पनी यो प्रक्रियामा गएका हुन् । हकप्रद शेयरमा मात्र हैन, साधारण शेयरमा समेत जलविद्युत कम्पनीको नै वर्चश्व रहँदै आएको छ । हकप्रद शेयर निष्कासनका लागि प्रतीक्षामा रहेका जलविद्युत कम्पनीहरूमा बरुण हाइड्रोपावर, आँखु खोला जलविद्युत्, ङादी ग्रुप पावर लिमिटेड, लिवर्टी इनर्जी, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, हिमालय उर्जा विकास, सिंगटी हाइड्रो इनर्जी, घलेम्दी हाइड्रो लिमिटेड र छयाङ्दी हाइड्रोपावर लिमिटेड छन् । घलेम्दी हाइड्रोले २०० प्रतिशत र आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । त्यस्तै रिडी पावर र लिवर्टी इनर्जीले ५० प्रतिशत र बरुण हाइड्रो, ङादी ग्रुप, छ्याङदी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।  हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्ये चार कम्पनीहरूको शेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । आँखुखोला जलविद्युतको १५० रुपैयाँ, लिवर्टी इनर्जीको १५१ रुपैयाँ १० पैसा, रिडी पावरको १९४ रुपैयाँ र घलेम्दी हाइड्रोको १९५ रुपैयाँ शेयर मूल्य छ ।

साताको अन्तिम कारोबार दिन १ % बढ्यो नेप्से, सर्वाधिक कारोबार एनसीसी बैंकको

वैशाख १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ प्रतिशत बढेको छ ।  यो दिन २५ दशमलव ८२ अंक बढेर नेप्से परिसूचक २ हजार ६११ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो । बुधवार १३ दशमल ७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ६०१ दशमलव २१ विन्दुदेखि खुला भएको हो । यसदिन २ हजार ५९८ विन्दुसम्म बजार झरेको थियो ।उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् ।  बिहीवार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । बुधवारको तुलनामा यसदिन कारोबार रकम बढी भएको हो ।  बुधवार रू. ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार बराबरको ८९ करोड ६५ लाख ५८८ कित्ता शेयर कारोबार भएको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ । उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ । यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३ दशमलव ४८ प्रतिशत बढेको छ ।  त्यस्तै, बैंकिङ्गको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९८ प्रतिशत, वित्तको शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ । बिहीवार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो । सिंगटी हाइड्रो इनर्जीको बिहीवार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७ दशमलव ८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीवार उच्च दरमा बढेको हो । यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २ दशमलव ८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २ दशमलव ३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।

सिंगटी हाइड्रो इनर्जीको आईपीओ डिम्याट खातामा

वैशाख १४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर डिम्याट खातामा आएको छ । मेरो शेयरमा एसएचइएल को स्टक संकेतबाट उक्त कम्पनीको आईपीओ आएको हो । कम्पनीले चैत ६ गतेदेखि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये १ लाख ५४ हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५८ हजार कित्ता शेयर कर्मचारीहरुको लागि बाँडफाँट गरेको हो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो । उक्त आईपीओ गत चैत २७ गते बाँडफाँट गरिएको थियो । कम्पनीको आईपओ बाँडफाँट गर्दा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।  कम्पनीको शेयरले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म पाउने देखिएको छ । कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १०० भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन  गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट २ करोड २८ लाख ४९ हजार ६७० कित्ता माग भएको थियो । जसमध्ये दोहोरो आवेदनलगायत भेरिफाइ गर्दा ५ हजार ७२८ आवेदकको आवेदन रद्द […]

सिंगटी हाइड्रो इनर्जीको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ।सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा दुई लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्

सिंगटी हाइड्रो इनर्जीको आइपीओमा ५.२३ गुणा बढी आवेदन, तपाईंले भर्नुभो ?

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आइतवार साँझ सम्ममा ५.११ गुणा भन्दा धेरै आवेदन परेका छन्।बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आईपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।जुन कम्प...