अमेरिकी विश्व च्याम्पियन साम केन्ड्रिक्स ओलम्पिकमा आफ्नो खेल गुमाउने हुनुभएको छ । उहाँमा कोरोना पोजेटिभ देखिएको छ ।
समाचार संस्था अलजजिराले उहाँको पिताले सामाजिक सञ्जालमा केन्ड्रिक्सको परीक्षणमा कुनै लक्षण नदेखिएपनि कोभिड १९ पोजेटिभ आएको र प्रतियोगिताको बाँकीको खेल गुमाउने उल्लेख गरेको जनाएको छ । अमेरिकी ओलम्पिक र पाराओलम्पिकले उक्त समाचारको पुष्टि गर्दै केन्ड्रिक्सलाई एक होटेलमा आइसोलेशनमा राखिएको जनाएको छ ।