ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ । तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट