कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बैठकमा समग्र एजेण्डाको विषयमा छलफल गर्ने बताए । यो बैठकमा माओवादी केन्द्