कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीलाई जानकारी दिए । प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत छलफल गर्नुपर्ने देखिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई हप्ताबढी भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।त्य