माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकबाट दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको एक नेताले बताए ।उनले भने–‘सकेसम्म दलको नेता सर्वसम्मत गर्ने तयारी छ यदि सहमति नभएमा चुनाव गर्ने तयारी छ ।’ माओवादी केन्द्र बागमती प्रदेशमा कुल २१ सांसद रहेका छन् ।&nb