काठमाण्डाै – काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन् ।
मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ । केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । सयौँको संख्यामा नागरिक घाइते भएका छन् । झण्डै २३ सय जना प्रदर्शनकारी सुरक्षाकर्मीको नियन्त्रणमा छन् । प्रदर्शनलाई नियन्त्रण गर्नेक्रममा दुवै पक्षबीच झडप भएको हो । आन्दोलनमा विदेशीको घुसपैठ भएको काजकिस्तानको सरकारी पक्षले दाबी गरेको छ ।
रुसले नेतृत्व गरेको...