खोटाङ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभएको छ । पत्रकारमाथि नेता कि पत्रकार भन्ने प्रश्न उठिरहेको भन्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिनुभएको हो ।
नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले आज बिहीवार दिक्तेलमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा ‘प...